तपाईँ सुन्दै हुनुहुन्छः

सामान्य बदली भई धेरै स्थानहरूमा वर्षाको सम्भावना

 काठमाडौं । मुलुकको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button