तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा १ हजार २ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाए

धनकुटा । धनकुटामा कूल १ हजार २ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । हिजो बिहीबार ४ सय ७० जनाले लगाएका थिए भने आज ७ सय ७७ जना गरी जिल्लाभर उल्लेखित सङ्ख्याले खोप लगाएको जिल्ला स्वास्थ्य प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिनुभयो ।
शुक्रवार जिल्लाको महालक्ष्मी नगरपालिकामा १ सय ५५, पाख्रिबास नगरपालिकामा ३२, छथरजोरपाटी गाउँपालिकामा १ सय ५४, सहिदभुमि गाउँपालिकामा ७१, सागुरीगढी गाउँपालिकामा १ सय १७, धनकुटा नगरपालिकामा २ सय २६ जना ३२ देखि ६४ वर्ष उमेर समूहका नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै गरी धनकुटामा अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ सय ४२ पुगेको छ भने ४ सय ५९ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button