तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा दुई सय उनन्चालिस संक्रमित निको, हालसम्म चारको मृत्यु

भोजपुर । भोजपुरमा कोरोना सङ्क्रमितमध्ये दुई सय उनन्चालिस जना निको भएका छन् भने हालसम्म चार जनाको मृत्यु भएको छ ।
भोजपुरमा शुक्रवार १६ जना संक्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या समेत ५ सय ५६ पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
१६ जनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ । भोजपुरको संस्थागत आइसोलेसनहरूमा ६ जना र होम आइसोलेसनमा २ सय ९२ जनाले उपचार गराई रहेका छन् । अहिलेसम्म ३ सय ८५ जनाको पिसिआर र १ हजार ८ सय ८० जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button