तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा गोली चल्यो, एक जना पक्राउ

घोराही । दाङको तुलसीपुरमा गोली चलेको छ । कुलो पानीको विषयमा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ८ अश्वारामा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर शिहले जानकारी दिनुभयो  ।

गोली हानेको आरोपमा स्थानीय २६ वर्षका पूर्णबहादुर वली पक्राउ परेका छन् । गहते खोलामा रहेको कुलाको विषयमा विवाद भएपछि वलीले पेस्तोल चलाएको प्रहरीले जनाएको छ ।

गोली हानेर भाग्ने क्रममा वलीलाई पक्राउ गरेको प्रमुख शिहले जानकारी दिनुभयो । गोली चले पनि मानवीय क्षति केही नभएको प्रहरीले जनाएको

प्रतिक्रिया राख्नुहोस्

Back to top button