सुनसरीमा खैरो हिरोइन ब्राउसुगर सहित एक पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट लागु औषध खैरो हिरोइन ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीका ४० वर्षीय शम्भु कबिरथ हुन ।
विशेष सुराकीको आधारमा पक्राउ परेका कबिरथवाट बरामद गरिएको लागु औषधको तौल ९.५४० ग्राम रहेको छ ।
पक्राउ परेका शम्भु कबिरथलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्