बागमती सरकारले आज आगामी वर्षको नीति, कार्यक्रम सार्वजनिक गर्दै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
आगामी वर्षका लागि बनाइएका योजना सहितको नीति तथा कार्यक्रम आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेश सभामा प्रस्तुत गर्नुहुने छ ।
आज दिउँसो ३ बजेका लागि आव्हान गरिएको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कोरोनाको महामारी न्युनिकरणलाई ध्यानमा राखेर धेरै कामहरू समेटिएको मन्त्री ढुङ्गेलले बताउनुभयो । आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेर छलफल भएको थियो । सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्