अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो ।
दुर्घटनामा भुमिकास्थान ९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानीय उमेश घिमिरेले जानकारी दिनुभयो । जिपमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्