मकवानपुरमा थप १७७ जना सङ्क्रमणमुक्त

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १७७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७२ जना र संस्थागत आइसोलेसनबाट ५ जना गरी १७७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ हजार ६४२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय २४ जनामा पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसँगै मकवानपुरमा कोरोना पुष्टि हुनेको सङ्ख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१४ का ७५ वर्षीय पुरुष र हेटौँडा–१८ का ७२ वर्षीय पुरुष रहेका छन् । यो सँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८ पुगेको छ ।
जिल्लामा हाल १ हजार ६९९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा र १ सय १५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्