बिपीको कोभिड–१९ अस्पतालमा २ जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । बिपी प्रतिष्ठान कोभिड–१९ अस्पतालमा २ जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान ३ः२५ बजे इटहरीका ६२ वर्षीय पुरुष र मोरङको सुन्दरहरैचा–६ का ७९ वर्षीय वृद्ध पुरुषको बिहान ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
इटहरीका मृतकलाई जेठ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १८ गते बिपीको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसै गरी सुन्दरहरैचाका मृतकलाई जेठ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २२ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्