तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा निषेधाज्ञा केही खुकुलो बनाउने डीसीसीएमसीको निर्णय

सुनसरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा केही खुकुलो गराउने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार खाद्यान्न पसल र स्टेशनरी पसल खोल्न पाइने, फलफूल माछा, मासु, दूध तथा तरकारी पसल बिहीबारबाट खोल्न पाइने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत बिक्री वितरणमा सहजता ल्याउन कठिनाइको मध्यनजर गर्दै केही मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनुभयो ।
प्रजिअ ढकालले उद्योग वाणिज्य सङ्घ र स्थानीय तहसँगको छलफल पश्चात् डीसीसीएमसीले त्यस्तो निर्णय लिएको जानकारी दिनुभयो । सुनसरी प्रशासनले देहायका कार्य गर्दा स्वास्थ्यका मापदण्ड पालना भए नभएको भन्ने विषयमा भने निगरानी गरिने जनाएको छ ।
ढकालले जेठ ३१ गते सुनसरीमा निषेधाज्ञा सकिने र त्यसअघि केही निर्णय गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button