तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राउतले जवाफ दिएपछि बैठक सुचारु, आज नीति तथा कार्यक्रम

जनकपुरधाम । प्रदेश नंं २ को प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले विभिन्न पालिकाहरूमा पठाएको सशर्त अनुदानको विषयमा उठेका प्रश्नहरूको बारेमा जवाफ दिएपछि बैठक सुचारु भएको छ ।
बजेट अधिवेशनको रुपमा शुरु भएको छैठौ अधिवेशनको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाली काँग्रेस तथा नेकपा माओवादीका प्रदेश सभाका सदस्यहरूले सशर्त अनुदानको सवालमा उठाएको जिज्ञासाको जवाफ मुख्यमन्त्रीले बैठकको शुरु हुने बित्तिकै दिएपछि बैठक सुचारु भएको छ ।
उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री राउतले सशर्त अनुदानको रकमको विषयमा गडबडी भएको भए तत्काल सच्याउने बताउनुभयो । यसका लागि आन्तरिक मामिला तथा कानून मन्त्री तथा आर्थिक विकास तथा योजना मन्त्रीलाई के गरेर मिलाउन सकिन्छ त्यो गर्न र प्रक्रिया मिलाएर सच्याउनका लागि निर्देशन दिनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सभाबाट पारित भएका ऐन कानुनलाई शुरुमा नै अक्षरशः अध्ययन गरेर सोही अनुसार अगाडि बढेको खण्डमा यस्ता प्रकारको समस्या आउने नै थिएन भन्दै ऐन कानुनलाई अध्ययन गर्नका लागि प्रदेश सभाका सदस्यहरूलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्रीको जवाफ पछि प्रदेश नंं २ का आर्थिक विकास तथा योजना मन्त्री विजय कुमार यादवले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०७८ माथि नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य शिवचन्द्र यादव, जनता समाजवादी पार्टीका रामअशिष यादव, नेकपा एमालेका प्रदेश सभाका सदस्य किशोरी साह कमल, नेकपा माओवादीका विजय कुमार साहले विभिन्न राय सुझाव दिनु भएको थियो ।
उहाँहरुले प्रदेश नंं २ को समृद्धिको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा चुरे नियन्त्रणको विषयमा ठोस प्रस्ताव आउनु पर्नेमा नआएर कोरोना केन्द्रित रहेको बताउनु भयो । विनियोजन विधेयक माथि उठेको जिज्ञासाको जवाफ प्रदेश नंं २ को आर्थिक विकास तथा योजना मन्त्री विजय यादवले जवाफ दिनु भएको थियो ।
यसै बीच प्रदेश नंं २ सरकारको नीति तथा कार्यक्रम प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले भोलि दिउँसो प्रस्तुत गर्नु हुने कार्यक्रम रहेकाले आ–आफ्नो रीतिरिवाज अनुसारको पहिरन गरेर आउनका लागि सभामुख सरोज कुमार यादवले बैठकमा रुलीङ्ग गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button