जनप्रतिनिधिहरूको विवादका कारण छिन्नमस्ता गाउँपालिकाको गाँउसभा भएन

सप्तरी । माँता छिन्नमस्ता भगवतीको नामले स्थापित सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अहिले सम्म गाउँ सभा गर्ने सकेको छैन ।
निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण यस गाउँपालिकाले अहिले सम्म गाँउसभा गर्ने नसकेको हो । जसपा पार्टीको बहुमत भएको यस पालिकामा अध्यक्ष, उपाध्यक्ष र ७ वटै वडा अध्यक्ष सहित दुई खेमामा विभाजित भए दुई स्थान बाट काम सञ्चालन हुनु र पनि काम काज गर्ने वातावरण दुर्भाग्य भएको यहाँका जनताहरूले गुनासो गरेका छन् ।
विगतमा भएको अनियमितताका कारण अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले पनि केही कर्मचारीहरूको मिलेमतोमा कर्मचारीलाई संरक्षण गर्ने भएकाले यस्तो अवस्था भएको एक वडा अध्यक्षले बताउनु भयो ।
हरेक वर्ष समयमा गाउँ सभा गर्ने नसक्नु र काम गर्ने नसकेर बजेट फ्रिज हुने गरेको जसको कारण यहाँका जनता मारमा परेका छन् ।
७ वटा वडा रहेको गाउँपालिकाको ९५ प्रतिशत सडक अहिले पनि हिलाम्मे छन् जसले गर्दा झन्डै ३८ हजार जनतालाई दुख भोग्नु परेको छ ।
पुनः दोस्रो लहरको कोरोना संक्रमण बाट जोगिन नत यस पालिकाले केही गर्ने सकेको छ नत स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा, पर्यटन र गरिब तथा विपन्न परिवारको लाई कुनै राहतको प्याकेज समेत ल्याउन सकेका छैन ।
पालिकाको गाउँ सभा कहिले हुन्छ भनी अध्यक्ष सूर्यनारायण मण्डल कुरुरलाई सोध्दा उहाँले भन्नु हुन्छ –सभा किन गर्ने सबै जनप्रतिनिधि चौर र भ्रष्ट छन् तिनीहरूले सबै लुटेर आफ्नो पेट भर्ने गर्दछन् त्यसैले सभा गर्दिन जसलाई जे गर्नु छ गरे हुन्छ भन्नु हुन्छ । त्यसै गरी उहाँको यो गैर जिम्मेवारीपन, आचरण÷व्यवहार र जबाफले पालिका भित्र काम गर्ने कर्मचारीहरू पनि दुखी छन् जसले गर्दा यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्न चाहँदैनन् जसको फलस्वरूप अहिले यहाँ प्रमुख प्रशासकीय अधिकृत विगत एक वर्ष देखी खालि कोही आउन मानिरहेका छैनन् । तर अहिले निमित्तको रुपमा स्वास्थ्य शाखाका मदनेश्वर चौधरीले नियमितका रुपमा कामकाज गरिरहेका छन् ।
त्यसै गरी उपाध्यक्ष उषा कुमारीले भन्नु हुन्छ – म के गर्नु ? मेरो त न्याय फाट हो तर मलाई यदि अध्यक्ष जतिको विकासीय बजेटमा योजना चलाउन दिएन भने म गाउँ सभा हुन दिन सबै लाई भाडि दिन्छु ।
यस आर्थिक वर्ष ०७७/०७८ मा विकासिय बजेट र विभिन्न शीर्षकमा सशर्त अनुदान गरी झन्डै ५७ करोड पाएको रकमको पनि कुनै औचित्य नरहेका बेला पुनः आर्थिक वर्ष ०७८/०७९ मा २५ करोड २४ लाख विकासिय बजेट छिन्नमस्ता गाउँपालिकाले पाएको छ ।
यति मात्रै होइन यस पालिकामा काम गर्ने कर्मचारीले ८ महिना पछि तलब खान पाए भने सामाजिक सुरक्षा भत्ता पाउनेले १० महिना पछि जसो त्यसो पाउन सफल भएका छन् ।
त्यसै गरी यस पालिकाको हालत यस्तो किन भएको होला, तपाइको पार्टीको व्यक्ति नेतृत्वमा छन् र पनि यस्तो किन भनी जसपा सप्तरीका इन्चार्ज समेत रहेका सत्यनारायण यादवलाई सोध्दा उहाँ भन्नु हुन्छ – यहाँ निर्वाचित जनप्रतिनिधिहरूको अज्ञानता, दुरगार्मी सोचको कमी, मे मालिक हुँ भनेर बस्ने परिपाटी, कामे नगरी खाली कमिसन चाहिने सोच लगायत अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू विचको आन्तरिक कलहले गर्दा सिङ्गै गाउँपालिकाका जनताले दुख भोग्नु परेको छ भनेर भन्नु हुन्छ ।
यति मात्रै होइन पालिकाका ७ वटै वडाका वडा अध्यक्ष र सदस्यहरूले आरोप प्रत्यारोप गर्ने बाहेक सिन्को समेत नभाँचेको गुनासो गर्छन् ।








प्रतिक्रिया राख्नुहोस्