तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा निषेधाज्ञा असार ३ सम्म थप

चितवन ।  चितवनमा जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको  छ । चितवनमा अझै पनि सङ्क्रमणको दर र मृत्युदर घट्दै गएको देखिए पनि  जोखिम अझै कायम राखिएकोले असार ३ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चौथो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) रातिबाट सकिँदै छ ।
चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञा जारी गरिएको  थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गते देखी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो । तेस्रो चरणमा जेठ १३ देखी २० गते सम्म निषेधाज्ञाको जारी गरेको थियो भने चौथो चरणमा जेठ २० गते देखी २७ गते सम्म निषेधाज्ञा थपिएको हो  ।
यो अवधि सम्म आइपुग्दा  पनि सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै फेरि पाचौं चरणको निषेधाज्ञा असार ३ गते सम्मलाई लम्बाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा  जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button