तपाईँ सुन्दै हुनुहुन्छः

एक लाखको खाद्य सामग्री नष्ट

सिमकोट।  सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका रु एक लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button