तपाईँ सुन्दै हुनुहुन्छः

साथीको हत्या अभियोगमा बस्नेत पक्राउ

कैलाली । आफ्नै साथीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ३६ वर्षीय आफ्नो साथी विशाल बुढाथोकीको हत्या गरेको अभियोगमा ३९ वर्षीय सोमबहादुर बस्नेत पक्राउ परेका हुन् ।

मृत अवस्थामा फेला परेका बुढाथोकीको टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानको क्रममा घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक वनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बाद विवादद हुँदा सोमबहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button