तपाईँ सुन्दै हुनुहुन्छः

विघटनसम्बन्धी मुद्दाकाे संवैधानिक इजलासमा आज पेसी तोकियो


काठमाडौं । प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा आज पेसी तोकिएको छ । न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै भएन ।
आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा समावेश गरेको छ । न्यायाधीश द्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button