तपाईँ सुन्दै हुनुहुन्छः

भारतको कानपुरमा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु

लखनउ । भारतको कानपुरमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको कानपुरमा बस र लोडर ठोक्किंदा १७ जनाको मृत्यु भएको हो । सचेन्डी भन्ने स्थानमा भएको दुर्घटनामा कैयन् घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बस र लोडर ठोक्किएपछि बस पल्टिएको थियो । शताब्दी ट्राभल्सको बस लखनउदेखि दिल्ली गइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button