तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण फूटबलमा फ्रान्स विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा विश्व विजेता फ्रान्स विजयी भएको छ ।

युरोकप फूटबलको तयारीस्वरुप सम्पन्न मैत्रीपूर्ण खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० गोलको जित निकालेको हो । फ्रान्सको जितमा ओलिभिएर जिरुडले दुई र एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

ग्रिजम्यानले खेलको २९औं मिनेटमा गोल गरेका थिए । त्यसपछि जिरुडले ८३औं र ९०औं मिनेटमा गोल थपे । अर्को खेलमा स्पेनले लिथुएनियालाई ४–० ले हरायो । स्पेनको जितमा ह्युगो गुलिलामम, ब्रहिम डायज, जुआन मिराण्डा र जाभी पउडोले एक(एक थपेका थिए ।

यस्तै अन्य खेलमा चेक रिपब्लिकले अल्बानियालाई ३–१, गुएनाले कोसोभोलाई २–१, सेनेगलले केप भर्डीलाई २–० तथा मोरक्कोले घानालाई १–० ले हराए ।

त्यस्तै पोल्याण्ड र आइसल्याण्ड तथा बेनिन र जाम्बियाले दुईदुई गोलको बराबरी खेले । उता हंगेरी र आयरल्याण्ड तथा क्यामरुन र नाइजेरिया गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button