कोपा अमेरिका फुटबलमा ब्राजिलले सहभागिता जनाउने
काठमाडौँ । ब्राजिलले घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ ।
ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेका छन् ।
पछिल्लो समय खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिता अन्योलमा रहेको थियो । तर, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् ।
आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । लुइस स्वारेज, एडिन्सन काभानी,जुवान क्वाड्राडो लगायतका खेलाडीहरू कोपा रोक्नुपर्ने पक्षमा रहेका छन् । कोरोना महामारीको समय स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने उनीहरूको माग रहेको छ ।
कोरोनाकै कारण यस संस्करणको प्रतियोगिता ब्राजिलमा सारिएको हो । यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ ।








प्रतिक्रिया राख्नुहोस्