तपाईँ सुन्दै हुनुहुन्छः

सोलुमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो

सोलुखुम्बु । सोलुखुम्बुमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । पछिल्लो समय दुई जनाको ज्यान गएसँगै मृतकको सङ्ख्या ९ पुगेको हो ।
खूम्बु पासाङल्हामु गाउँपालिका ५ की ८५ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको प्रालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।
मृतकको गत २२ गते गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनको होम आइसोलेसनमा मृत्यु भएको हो । शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका २ की ९७ वर्षीय एक महिलाको मृत्यु भएको फाप्लु अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिनुभयो । फाप्लु अस्पतालमा उपचाररत उहाँलाई जेठ १९ मा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button