सरकारप्रतिको विश्वासले पुजी बजारमा आकर्षित : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारप्रति लगानीकर्तामा देखिएको विश्वास कै कारण पुँजी बजारमा आकर्षण बढिरहेको बताउनुभएको छ ।
नेपाल धितोपत्र बोर्डको २९ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजना गरिएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्लो समय पुँजी बजारमा बढिरहेको आकर्षणलाई आफूले लगानीकर्ताले सरकारप्रति गरेको विश्वासका रूपमा लिएको बताउनुभयो ।
उहाँले पुँजी बजारलाई थप बिस्तार गर्दै लैजानुपर्ने र यसका लागि बजेटले महत्त्वपूर्ण दृष्टिकोणहरू समेत अगाडि सारेको स्पष्ट पार्नुभयो ।
पुँजी बजारलाई प्रभावित पार्न सक्ने नकारात्मक तत्त्व छिर्न नदिने तर्फ बोर्ड सचेत हुनुपर्ने समेत उपप्रधान एवं अर्थमन्त्री पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्