डडेलधुरामा बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

डडेलधुरा । डडेलधुरामा आउँदो बिहीबार अर्थात् जेष्ठ २७ गते देखी कोरोना विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ७ वटा स्थानीय तहमा कोरोना विरुद्धको चिनिया खोप भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो ।
जिल्लामा रहेका ६२ देखी ६४ बर्ष उमेर समूहका २ हजार १ सय ६८ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । यसै गरी यो भन्दा पहिले छुटेका ६४ बर्ष उमेर समूह माथिका जेष्ठ नागरिकका साथै खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, ओजेटीमा रहेका नर्सिङ,प्यारामेडीक, बिरामीको प्रत्यक्ष उपचार संलग्न स्वास्थ्यकर्मीलाई पनि खोप दिइने भएको छ ।
जिल्लाका सात वटै स्थानीयको कोल्डचेनको सुविधा रहेको स्वास्थ्य चौकीबाट खोप दिइने स्वास्थ्य कार्यालय डडेलधुराले जानकारी दिएको छ ।
खोप दिनका लागि सम्पुर्ण तयारी पुरा सकेको समेत प्रमुख श्रेष्ठले बताउनुभयो । खोप स्वास्थ्य कार्यालय डडेलधुरामा राखिएको र भोलि देखी स्थानीय तहमा पठाउने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्