तपाईँ सुन्दै हुनुहुन्छः

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं।बुढानिलकण्ठ नगरपालिका(१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका(२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button