लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

रूपन्देही ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । नीति तथा कार्यक्रमले कोरोना नियन्त्रण तथा रोकथामका साथै आर्थिक क्षेत्रको पुनः उत्थान मा केन्द्रीत रहने भएको छ ।
आज दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम सार्वजनिक हुने भएको हो । नीति कार्यक्रमका नयाँ तथा महत्त्वाकाङ्क्षी योजनाभन्दा पनि कोभिड नियन्त्रण र कोभिडले धरासाही भनेको आर्थिक क्षेत्रलाई पुनःउत्थान गर्ने गरी आउने आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयाे । हिजाे सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्