तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

symbolic picture

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा २ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, बर्दिया र दाङका १/१ जना छन् ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत लमही ८ दाङका ६३ वर्षीय पुरुष र बढैयाताल ४ बर्दियाका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ११ बाँकेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३०३ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button