नेपालगन्जमा जेठ २६ गते ज्येष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने

बाँके । नेपालगन्ज उप–महानगरपालिमा जेठ २६ गते ज्येष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
उपमहानगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार, कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोस्रो मात्राको सुनिश्चितता गरी खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो ।
खोप लगाउन आउनेहरूले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्