तपाईँ सुन्दै हुनुहुन्छः

नरिवलको रुखबाट खस्दा एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा नरिवलको रुखबाट खस्दा एक जना पुरुषको ज्यान गएको छ ।

सप्तरीका कञ्चनरुप नगरपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय सतोखंग खत्वेको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो वडा नम्बर ११ गोरपारस्थित रहेको कुशुमलाल साहको नरिवलको रुखमा नरिवल टिप्न चढेको बेला खसेर खत्वे गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button