तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा चौथो पटक ७ दिन निषेधाज्ञा थप

पाँचथर । दोस्रो भेरियन्ट कोभिड १९ नियन्त्रणको लागि पाँचथर जिल्लामा आज मध्य रातीदेखि लागु हुने गरी चौथो पटक एक हप्तालाई निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको हो ।

पाँचथर जिल्लामा वैशाख २७ गते यता  यसअघि विभिन्न समयावधिमा तीन पटकसम्म निषेधाज्ञा लागु गरिएको र पछिल्लो पटक जेठ १७ गतेदेखि आज राती १२ बजेसम्म निषेधाज्ञा लागु गरेकोमा निषेधाज्ञा सकिनै लाग्दा आज थप ७ दिन थप गरी आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा बढाइएको सहप्रमुख जिल्ला अधिकारी धनञ्जय शाहले बताउनुभयो ।

जिल्लामा अत्यावश्यक बस्तुहरू खाध्यन्न, सब्जी जस्ता बस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म स्वास्थ्य मापदण्ड कायम गरी खुल्ला गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button