तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो

नेपालगन्ज  ।  बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ ।

वैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ २४ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २१ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकामा भने वैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।

बैङ्क तथा बिमा, बीउ विजन, कृषि औजार, विषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सीमित कामदार राखेर स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि भने बिहान ७ बजेदेखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button