तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा कोभिड–१९ विरुद्धको ’भेरोसेल’ खोप मङ्गलवारदेखि लगाइँदै 

रुपन्देही ।  रुपन्देहीमा कोभिड–१९ विरुद्धको ’भेरोसेल’ खोप मङ्गलवारदेखि लगाइँदै छ ।

६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ ।

तेस्रो चरणमा चीनबाट आएको भेरोसेल खोप मङ्गलवारदेखि लगाउन थालिएको हो । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने  छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिगीले जिल्लाका सबै पालिकामा गरी ६९ वटा केन्द्रबाट खोप लगाइने र नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्ने बताउनुभयो ।

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपि उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button