लागु औषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने ३४ वर्षीय विक्रम शिलाल, २५ वर्षीय विशाल थापा र २६ वर्षीय विनोद नागरीलाई सोमबार पक्राउ गरेको हो ।
झलारी बजा स्थित लोकेन्द्र तिरुवाको बाँझो पक्की घरमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २ दशमलव ६४० ग्राम लागु औषध खैरो हिरोइन समेत बरामद गरेको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्