तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप चार जनाको मृत्यु 

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप चार जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा दुई जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङ, सल्यान, रुकुम पश्चिम र प्युठानका  एक/एक जना छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बंगलाचुली ३ दाङका ५२ वर्षीय पुरुष र मुसिकोट ७ रुकुम पश्चिममा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ९ प्युठानका ६० वर्षीय पुरुष र शारदा १३ सल्यानका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३०२ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button