तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित ४ जना पक्राउ

बाँके । बाँकेको नेपालगन्जबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन युवती र एक पुरुषसहित चार जनालाई पक्राउ परेको छ ।

नेपालगन्ज, २ न्यूरोडमा रहेको सन्ध्या नास्ता पसलबाट जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १२ ग्राम २०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु.४१ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button