बाँकेमा थप १२ जनामा कोभिड पुष्टि, ११८ डिस्चार्ज

बाँके । बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोभिड पुष्टि भएको छ । कुल १६३ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
आइतबार भेरी अस्पतालको प्रयोगशालामा १०३ नमुना परीक्षण गर्दा २५ जना र बागेश्वरी ल्याबमा ६० नमुना परीक्षण गर्दा ३२ जना गरी कुल ५७ संक्रमित थपिएका छन् ।
संक्रमण पुष्टि हुनेहरूमध्ये बाँकेका १२ जना रहेका छन् । जिल्लाका २ जना महिला र १० जना पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार ४१० जनाको पीसीआर परीक्षण गरिएको छ ।
आज जिल्लामा कोरोना संक्रमण मुक्त भई ११८ जना डिस्चार्ज भएका छन् । ४३ जना महिला र ७५ जना पुरुष आज एकै दिन निको भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
यसैबीच कोरोना भाइरस सङ्क्रमणकै कारण गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । जिल्लाका दुई जना र जिल्ला बाहिरका दुई जना गरी थप ४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्