तपाईँ सुन्दै हुनुहुन्छः

‘सेनालाई थप सुदृढ र सक्षम बनाउन पद्धति र प्रणाली महत्वपूर्ण’

file photo

काठमाडौँ । नेपाली सेनाले सेनालाई व्यावसायिक र थप पारदर्शी बनाउन प्रणाली एवं पद्धति स्थापित गरेको जनाएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल १ हजार दिन पुरा भएको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा प्रधान सेनापति थापाले राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताको पहरेदार संस्थाको रुपमा नेपाली सेनालाई थप सुदृढ, सबल र सक्षम बनाउन पद्धति र प्रणाली महत्त्वपूर्ण कडी रहेको बताउनुभयो ।

प्रधान सेनापति थापाले आफ्नो कमान्ड मार्ग निर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक साङ्गठनिक वातावरण निर्माण हुँदै गएकोले नेतृत्व हस्तान्तरणका लागि सुगम अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

सेनामा ७ प्रादेशिक र एक काठमाडौँ उपत्यका गरी ८ वटा पृतना रहेकोमा अब तीन जोड एक कमान्डको.अवधारणा कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।

राष्ट्रिय महत्त्वको आयोजना सेनाले गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपाल सरकारले दिएका विभिन्न रणनीतिक सडक र आयोजनाहरूको निर्माण सेनाले गरिरहेको प्रधान सेनापति थापाले जानकारी दिनुभयो ।

काठमाडौँ तराई मधेस द्रुत मार्गको सबै भन्दा महत्त्वपूर्ण २ वटा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढेको र पुल निर्माणको ठेक्का आगामी आर्थिक वर्षमा हुने भएकाले आगामी २०८१ सम्ममा द्रुत मार्ग निर्माण सम्पन्न हुने सेनाले जनाएको छ ।

प्रधान सेनापति थापाले आयोजनाहरूको निर्माणमा व्यापारिक स्वार्थ नभई राष्ट्रिय स्वार्थ रहेकाले ठेक्का पट्टाका नाममा अनियमितता नहुने प्रस्ट गर्नुभयो ।

नेपाल सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा अपनाएको विधि, प्रक्रिया र नीति निर्देशनमा रहेर नेपाली सेनाले कोभिड प्रतिकार्य देखि शव व्यवस्थापन गरिरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button