तपाईँ सुन्दै हुनुहुन्छः

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको प्रदेश नंं २ को संसदीय दलको नेतामा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ ।

बहुमत प्रदेश सभाका सदस्यहरूको आज बसेको बैठकबाट संसदीय दलका नेतामा राउत चयन हुनुभएको हो । बैठकमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका ३० जना प्रदेश सभाका सदस्य र केही अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर प्रदेश सभाका सदस्य उपस्थित रहेको बैठकमा सहभागी श्रोतले जानकारी दिएको छ ।

प्रदेश सभामा तत्कालीन समाजवादी पार्टीका ३० प्रदेश सभाका सदस्य तथा राजपाका २५ जना प्रदेश सभाका सदस्य रहेकोमा दुवै दलका तर्फबाट छुट्टा छुट्टै संसदीय दलका नेता रहेका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा भएको प्रदेश सभा सदस्यहरूको बैठकबाट राउतलाई बहुमतको आधारमा संसदीय दलका नेता चयन गरिएको हो ।

यसैबीच सोही बैठकले संसदीय दलको विधान पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button