४ वर्षदेखि साङ्लोले बाँधेर राखिएका ठाकुरको उद्धार
बारा । विगत ४ वर्षदेखि आफ्नै घरमा डोरीमा बाँधिएर जीवन बिताइरहेका एक युवकलाई उद्धार गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका जगेश्वर ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले शनिबार उद्धार गरेको हो ।
मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका ठाकुरको उद्धार गरिएसँगै उनी घर बाहिर निस्किएका हुन ।
ठाकुरलाई उद्धार गर्नु अघि बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो ।
ठाकुरलाई उद्धार गरी वीरगञ्ज आश्रममा लगी ठाकुरको औषधि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्