तपाईँ सुन्दै हुनुहुन्छः

टोल टोलमा स्वास्थ्यकर्मी सहितको टोली परिचालन 

कञ्चनपुर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीहरू सहितको टोली परिचालन गरेको छ ।

नयाँ भेरिअन्ट सहितको कोभिड सङ्क्रमण समुदाय स्तरमा फैलिएकोले सङ्क्रमणको जोखिम थप बढ्न नदिन चेकजाँचका लागि गाउँ बस्तीमा स्वास्थ्यकर्मीहरूसँगै महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरू तथा युवा स्वयंसेवकहरू पनि खटिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो ।

भारतीय सीमा क्षेत्रसँग समेत प्रत्यक्ष जोडिएको पुनर्वास नगरपालिकामा कोभिड अस्पताल समेत सञ्चालन गरिएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा कोभिडका लक्षण देखिएका केही व्यक्तिहरूले कोभिड अस्पतालसम्म आउन नमानेपछि टोल टोलमै स्वास्थ्यकर्मी सहितको टोली गएर एन्टीजीन परीक्षण गर्न लागिएको हो ।

पुनर्वास नगरपालिकामा समेत कोभिडको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सँगसँगै अभियान, अक्सिजन खरिद तथा व्यवस्थापन अभियान सहित नागरिक स्तरबाट केही अभियानहरू सञ्चालन गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button