जङ्गली हात्तीको झुण्ड पसेकाले बन क्षेत्र वरिपरिका स्थानीयलाई सचेत हुन आग्रह
बर्दिबास । महोत्तरीको वन क्षेत्रमा तीन वटा जङ्गली हात्तीको झुण्ड पसेकाले वन क्षेत्र वरिपरिका स्थानीयलाई सचेत हुन डिभिजन वन कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख विनोद सिंहले दिनुभएको जानकारी अनुसार शनिवार राती जिल्लाको गौशाला नगरपालिका वडा नं. ११ लक्ष्मीनियाँस्थित सागनाथ वन विकास परियोजनाको युनिटको आवास घर भत्काएका छन् ।
उहाँले वन क्षेत्रमा स्थानीयवासीलाई प्रवेश नगर्न हुन अनुरोध गर्नुभएको छ । हात्ती आकर्षित हुने रक्सी, सक्खर चिज वस्तु घरमा नराख्न उहाँले अनुरोध गर्नु भएको छ ।
साथै उहाँले हात्ती आएमा राँको बालेर टिन ठटाएर धपाउन सर्वसाधारणमा अनुरोध गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्