तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं.२ को बजेट अधिवेशन भोलिदेखि 

जनकपुरधाम ।  प्रदेश नंं २ को बजेट अधिवेशनको रुपमा रहेको सातौँ अधिवेशन भोलि दिउँसो १ बजे बस्ने भएको छ  ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झा अहिराजले जेठ २४ गते दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको बजेट अधिवेशनको आह्वान गर्नुभएको हो ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरूले शुभकामना दिनुहुने कार्यक्रम रहेको र त्यसपछि प्रदेश नंं २ को आर्थिक विकास तथा योजना मन्त्री विजय यादवले प्री बजेटको डकुमेन्ट टेबुल गर्नु हुने कार्यसूची रहेको प्रदेश नंं २ को प्रदेशसभा सचिवालयका  निमित्त सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

संविधान अनुसार प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट असार १ गतेभित्रमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

प्रदेश नंं २ का सरकारले बजेटको तयारी अन्तिम चरणमा पुगेको र असार १ गते नै प्रदेशसभा बैठकमा पेस गर्ने तयारी गरेको प्रदेश नंं २ को आर्थिक विकास तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button