तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ समुदायका एक सय घरपरिवारलाई खाद्यान्न वितरण

चितवन । कामना सेवा विकास बैङ्कले चितवनका चेपाङ समुदायका एक सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर १३ चेपाङ बस्तीलाई लक्षित गरी एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैङ्कका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो  ।
“चेपाङ समुदाय आफैमा विपन्न वर्ग र पिछडिएको समुदाय हो, उहाँले भन्नुभयो , जङ्गलमा आश्रित समुदायलाई केही राहत पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरेका हौँ ।’ चेपाङ समुदायको उत्थानको लागि सञ्चालित मितेरी फाउण्डेशनको समन्वयमा प्रत्येक घरधुरीलाई एक बोरा चामल, खाने तेल, दाल, सोयाविन , नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको क्षेत्रीय प्रबन्धक भण्डारीले बताउनुभयो   ।
६ महिना अनिकाल छ महिना सहकालमा जीवन व्यथित गर्दै आएका चेपाङ समुदायका दैनिक जीवनयापनमा सहज होस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बैङ्कका सिएसआर संयोजक विन्दु सिंजालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कामना बैङ्कका कर्मचारीले पनि स्वेच्छाले रकम सङ्कलन गरी खाद्यान्न वितरणमा सहयोग गरेका थिए   ।
बैङ्कले यसअघि पनि जिल्लाका सामुदायिक स्कुलमा स्टेशनरी, पोसाक वितरण, रक्तदान कार्यक्रम , स्वास्थ्य सचेतना तथा सरसफाईका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ ।
बैङ्कको नारायणगढ क्षेत्रीय मातहतमा १४ वटा शाखा सञ्चालनमा छन् भने जिल्लामा ६ वटा शाखा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button