कञ्चनपुरमा वैशाखयता लागु औषधसहित ४५ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुर जिल्लामा वैशाखयता लागु औषधसहित ४५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार वैशाखदेखि जेठ २३ गतेसम्म जिल्लाका विभिन्न ठाउँबाट ४५ जनालाई लागु औषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले वैशाखयता लागु औषध सम्बन्धी ३० मुद्दा दर्ता भएका र ४५ जना पक्राउ परेको बताउनुभयो ।
कोरोना सङ्क्रमणका दोस्रो लहरका कारण लकडाउन भएको समयमा लागु औषध गिरोहहरू बढी सक्रिय भएको पाइएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले प्रहरीले लकडाउन कडाइका साथ पालन गराउने क्रममा चेकजाँच र गस्ती बढाएपछि लागु औषध ओसारपसार गर्ने व्यक्तिहरू बढी पक्राउ पर्ने गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्