तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालक द्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरूको साथबाट मापदण्ड विपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त हेल्थ केयरबाट मापदण्ड विपरीत सञ्जीवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो ।  उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button