तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक युवकको मृत्यु 

हरिश्चन्द्र बाग, कञ्चनपुर । करेन्ट लागेर कञ्चनपुरको बेलौरीमा एक युवकको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ३ गोकुलपुर बजारमा बस्ने २५ वर्षीय सन्तोष चौधरीको शनिबार दिउँसो विद्युतीय करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।
आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युत्को मूल लाइनमा छोइदा करेन्ट लागेर घाइते हुनुभएका चौधरीको उपचारका लागि बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा मृत्यु भइसकेको परिवार श्रोतलाई उद्धृत गर्दै सोही बजारमा बस्ने वडा नम्बर २ का वडा सदस्य विष्णु प्रसाद खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button