मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ
पक्राउ पर्नेमा इटहरी १३ का २८ वर्षीय राजेश मेहता, इटहरी २० का ३८ वर्षीय बलराम गुरुङ, इटहरी २ का ३९ वर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार रहेका छन् ।
गत ज्येष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसीको एन एस मोटरसाइकल घरबाटै चोरी भए पश्चात् इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान तथा खोजतलास थालेको थियो ।
खोजतलासको क्रममा प्रहरीले गत ज्येष्ठ २१ गते चोरी भएको मोटरसाइकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।









प्रतिक्रिया राख्नुहोस्