नवनियुक्त मन्त्रीसँग कञ्चनपुर खेलकुद विकास समितिद्वारा साक्षात्कार
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारसँग कञ्चनपुर खेलकुद विकास समितिले साक्षात्कार गरेको छ ।कञ्चनपुर जिल्ला खेलकुद विकास समितिले शनिबार आफ्नै कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष ओम बस्नेतले बताउनुभयो । त्यस क्रममा खेलकुद विकासका योजनाबारे उहाँहरूसँग साक्षात्कार भएको बताइएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बस्नेतले खेलकुद पूर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
खेलकुदको क्षेत्रमा आवश्यक योजना निर्माणका लागि समितिले पहल गर्ने उल्लेख गर्दै त्यसका लागि बजेट विनियोजन गरिदिन अध्यक्ष बस्नेतले प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्