अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री प्रदान
काठमाडौँ । अष्ट्रेलियाले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।अष्ट्रेलियाका राजदूत फेलोसिटी जने भल्क (Felicity Jane Volk )ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभयो ।

अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभयो ।

अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत उक्त स्वास्थ्य सामग्रीहरु आज नेपाल आइपुगेको हो ।









प्रतिक्रिया राख्नुहोस्