विश्व वातावरण दिवसको अवसरमा चार हजार बिरुवा रोपियो

बारा । विश्व वातावरण दिवसको अवसरमा बाराको गढीमाई साझेदारी बन पथलैयाले आफ्नो बन क्षेत्रको बाह्र एकड क्षेत्रफलमा ४ हजार बिरुवा रोपेको छ ।

वैज्ञानिक बन क्षेत्रको पुनरुत्पादन पलट सि टुु र सि थ्रीमा मलेसियन सालको ४ हजार बिरुवा रोपिएको गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिनुभयो ।

साझेदारी बन समितिका सदस्य र कर्मचारीले बन क्षेत्रमा बिरुवा रोप्ने काम गरेका थिए ।
वातावरण जोगाउन बोट बिरुवाको अहम् भूमिका हुने भएकाले सबैले आफ्नो गाउँ ठाउँमा बोटबिरुवा लगाउनुपर्नेमा डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जोड दिनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्