पाल्पामा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि
पाल्पा । पाल्पामा शनिबार थप ५० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
पाल्पामा थप ८० जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
संक्रमित हुनेहरूमा ३२ जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप ५० जना कोरोना सङ्क्रमित भएका हुन ।
जिल्लामा हाल ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्