कोभिड अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डामा रहेको कोभिड अस्पताललाई विवेकशील साझा पार्टी, बेलौरी नगर समितिले अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ ।
विवेकशील साझा पार्टी, बेलौरी नगर समितिका संयोजक रतन बहादुर बुढाथोकी र नेता मेवाराम चौधरीले संयुक्त रूपमा अस्पताललाई शनिबार एक थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।
अक्सिजन कन्सेन्ट्रेटर खरिदका लागि विवेकशील साझा सद्भाव समूह, अन्तर्राष्ट्रिय समिति डेनमार्कले आर्थिक सहयोग गरेको बताइएको छ ।

नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण विश्वव्यापी रूपमा फैलिरहेको समयमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले विवेकशील साझा सद्भाव समूह अन्तर्राष्ट्रिय समितिले नेपालका विभिन्न क्षेत्रमा खाद्यान्न तथा अति आवश्यक स्वास्थ्य सामग्री वितरण लगायत विभिन्न कार्य गर्दै आइरहेको छ ।
पार्टीको अन्तर्राष्ट्रिय समितिले सञ्चालन गरेको अभियानमा सदस्यहरू तथा शुभेच्छुकहरूबाट आर्थिक सङ्कलन गरी विभिन्न स्थानमा सहयोग गर्दै आइरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्